१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने

प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीविरुद्ध प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।

अर्थमन्त्री महतकाे स्पष्टिकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।

सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय गरेको छैन, तर बजेटमा प्रिन्ट भएर आयोः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन्।

शान्तिपुर्ण मतदान सम्पन्न गराउन नमुना मतदान

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम हुने गरिने भएकोले नमुना मतदान गरिएको मूख्य जिल्ला निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्।

ताप्लेजुङको सिरिजंगामा भएको नमूना मतदानमा पाँच प्रतिशत मत बदर

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशत र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत मत बदर भएको थियो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तेल्लोक माध्यमिक विद्यालयमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५८ जनाले मतदान गरेकोमा २ मत बदर भएको थियो। ५६ मत सदर भएको थियो।

भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन

कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ।

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले जारी गरेको ऐनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए।

ताप्लेजुङमा १ हजार ६० जनाको नाम अस्थायी मतादाताको प्रारम्भिक सूचीमा, थपघट हुन सक्ने

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङको अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ १ हजार ४ सय ९१ जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम मात्र अन्तिम मतदाता नम्बरसँग भिडेको हो।

निर्वाचनको काममा संलग्न व्यक्तिको २० लाखसम्म दुर्घटना बीमा

जसअनुसार निर्वाचनको काममा संलग्न आयुक्त, आयोगको सचिवालय, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, मतदाता शिक्षा स्वयंसेवक, अनुगमनकर्ता, अनुगमन टोलीका सदस्य, निजी सुरक्षा अधिकारी (पिएसओ), विशेषज्ञ सेवाका लागि नियुक्त विज्ञ, मतदान केन्द्र तथा मतगणनास्थलमा खटिने कर्मचारी, स्वयंसेवक लगायत निर्वाचनको काममा संलग्न व्यक्तिको दुर्घटना बीमा गरिने उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्