१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

करलाई लिएर नगरपालिका र उद्योगी व्यापारीबीच जुहारी

नगरपालिका र उद्योगी व्यापारिबीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनु पर्ने सुबिधा उपलव्ध नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको कर नतिर्ने चेतावनी दिएका छन्।

उद्यमी महिलामा सामग्री प्रर्दशनी

समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ।

‘एभेन्जर्सः इन्डगेम’को कमाई आक्रामक

गत अप्रिल २६ बाट विश्वव्यापी रूपमा प्रदर्शनमा आएको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ले रिलिजको पाँचौं दिनमा विश्वव्यापी रेकर्ड तोड्दै १ दशमलब २ बिलियनको व्यापार गरेको छ।

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गरेका छन्।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

नेपालीहरुले साढे ६१ अर्ब विदेश भ्रमणमा सके

काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्रबैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथैै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्याटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए।

आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र

पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

नेपाली हस्तकला चिनाउँदै सकियो ललित व्यापार मेला

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आइतबार समापन गरिएको छ। ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो।

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माणमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। ललितपुरको पुल्चोक, नःटोलमा बुधबार सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो धारणा राखेका हुन्। ‘सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पुँजी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने

सडकमा पनि इसिटिएस

अन्तर्राष्ट्रिय व्यापार सहजबनाउने उद्देश्यले रेल मार्गबाट गरिने आयातमालागू गरिएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) सडक मार्गमापनिलागू गर्ने तयारी गरिएको छ। तेस्रो मुलुकबाट आयातहुने वस्तु सहज र सुरक्षित ढुवानीका लागि सडक मार्गबाट हुने आयातमापनि यो सिस्टम लागू गर्न लागिएको कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।

विश्व बजारमा चीन यसरी बादशाह बन्यो

चिनियाँ मोडलको सफलतालाई चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रुपमा व्याख्या गर्ने गरिएको छ तर यो सफलताको पछाडि विश्व बजारमा प्रवेश गर्ने उसको रणनीतिले काम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्