१५ मंसिर २०८१ शनिबार
image/svg+xml

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्।

४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त

श्रीलङ्काले ४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त गरेको छ। गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्रमा हस्ताक्षर गरेका थिए। श्रीलङ्कामा सन् १९७६ मा मृत्युदण्ड दिन रोकिएको थियो।

खुर्पाले हानेर जेठाजुको हत्या

सहिदलखन गाउँपालिका–७, बुङकोट चारघरेमा सोमबार बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन्।

ट्रकले म्याजिकलाई ठक्कर दिँदा तीनको मृत्यु, ७ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका –११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन्।

टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

मध्यपुर थिमि नगरपालिका–४, राधेराधे चोकमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको छ।

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

सर्लाहीको बाँके जङ्गल खण्डमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको र अर्का एक घाईते भएको स्थानीयले दाबी गरेका छन्।

धादिङमा दुर्घटना हुँदा दुईको मृत्यु, ६ गम्भीर घाइते

धादिङको बेनिघाटमा आइतबार बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु, ३० जना घाइते र ६ जना गम्भीर छन्।

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसास्सिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर एकको मृत्यु

छल्दि पनाहमा माछा मार्ने क्रममा इस्मा गाउँपालिका–६, गुल्मका अन्दाजी ३५ वर्षीय होमबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जीप दुर्घटनामा चालकको मृत्यु

आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दंगीशरण–७, श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दंगीशरण–७, रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुई सातापछि उपचारमा फर्किए चिकित्सक

सुत्केरीको मृत्युपछि सेवा अवरुद्ध भएको डडेल्धुरा अस्पतालमा चिकित्सक उपचारमा फर्किएका छन्। सुत्केरी भएको १६ दिनपछि अमरगढी नगरपालिका ६ की २५ बर्षीया गीता ताम्राकारको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो। नागरिक समाजको अगुवाईमा बिहीबार बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि चिकित्सक सेवामा फर्किएका हुन्।

टिकटकले लियो २२ वर्षे युवकको ज्यान

भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर त्यहीं सिमा पार गर्न खोजिएको खण्डमा हाम्रो सानो गल्तीले पनि ज्यान जान सक्छ।

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ

सिकारुले चलाउँदा ट्याक्टर दुर्घटना, तीनको घटनास्थलमै मृत्यु

जिल्लाको चौरपाटी गाउँपालिका–३ स्थित दसपल्ले माविमा बिहानी कक्षा सञ्चालन हुने गर्छ। त्यहाँ पढ्ने धेरै विद्यार्थी बिहानै उठेर हतारहतार विद्यालय कुद्नुपर्ने अवस्था छ। बाटोमा ट्याक्टर भेटियो भने विद्यार्थीहरू राहत महसुस गर्छन् र त्यसैमा अटाईनअटाई चढेर विद्यालय जाने गर्दछन्। बुधबार बिहान गाउँदेखि विद्यालय पुग्न करिब आधा घन्टा पैदल हिँड्नुपर्ने विद्यार्थीहरूले ट्याक्टर भेट्टाए।

चट्याङ लागेर दुई जना मृत्यु

मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्