निराश जनता खतरनाक हुन्छन् : प्रधानमन्त्री अाेली
सरकारको नेतृत्व गरेको छ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्ततादेखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन्।
सरकारको नेतृत्व गरेको छ महिनामा पहिलोपटक प्रमुख सञ्चारमाध्यमका सम्पादकलाई बालुवाटारमा निम्त्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दैनिक कार्य व्यस्ततादेखि मुलुकको स्थितिबारे समेत चर्चा गरेका छन्।
संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनीन विष्टलाइ अन्तिमसमयमा रोक लगाइनुबारेको कारण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले थाइल्याण्ड जान लागेका एक युवा लेनिन विष्टलाइ अन्तिमसमयमा रोक लगाइनुबारेको कारण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिएको छ।
बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ। कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले अाइतबार साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको राजधानी काठमाडौं सिंगारिएको छ। बिमस्टेक सम्मेलन १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।
राजधानीमा शनिबार विभिन्न विधाका २० कृतिको एकैसाथ विमोचन गरिएको छ । शब्दार्थ प्रकाशनद्वारा प्रकाशित आख्यान, निबन्ध, काव्य, समालोचना र शब्दकोश कृति विमोचन गरिएको हो।
रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।
निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। घटनाका बिषयमा ध्यानाकर्षण गर्न बालुवाटार आएका कैलाली र कञ्चनपुरका सांसद तथा नेकपाका केन्द्रीय सदस्यहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन्।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। आज बसेको परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो।
संवैधानिक निकायका प्रमुख सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ।