१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?

राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्।

उपचार नपाएर राउटे बालिकाको मृत्यु

एक महिनादेखि बिरामीले थलिएकी राउटे बालिकाको मृत्यु भएको छ। १२ वर्षीया राउटे बालिका दुर्गा शाहीको बिहीबार राति राउटे बस्तीमै मृत्यु भएको हो।

फाइबर सिरक र कम्बल पाउँदा राउटेहरू दंग

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।

डाक्टरी उपचारमा राउटेको पनि विश्वास

एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।

ओलीलाई राउटे मुखियाकाे कोसी उपहार

लोपोन्मुख राउटे जातीका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन्।

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

जहाँँजहाँ राउटे, त्यहाँत्यहाँ बाँंदरको दोहोलो

दैलेखको भगवतीमाई गाउँपालिका–१, पगनाथकी कल्पना थापालाई यसपटक बाँदर धपाउन निरन्तर ड्युटी गर्नु परेन। अरू बेला उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म बाली जोगाउन खेतबारीमै ड्युटी बस्नुपर्ने उनलाई यसपालि राउटेले सजिलो बनाइदिए।

राउटेको उधारो दसैं

राउटे मुखिया वीरबहादुर शाहीको नौजनाको परिवार छ। अघिल्ला वर्षहरूमा दसैं नआउँदै उनको छाप्रोमा चार–पाँचवटा खसी बाँधिएका हुन्थे।

उधारोमा दशैं मनाउँदै राउटे समुदाय

यो वर्ष उनको छाप्रोमा गाउँलेसँग उधारोमा ल्याएका दुई वटा बाख्रा छन्। अझै उनले दशैंका लागि सेलरोटी बनाउने पिठो र छाक टार्ने चामल किन्न सकेका छैनन्। ‘भत्ता नआउँदा यो वर्षको दशैं उधारोमै टार्नुपर्ने बाध्यता आइलाग्यो,’ मुखिया वीरबहादुरले भने, ‘महिना–महिनामा भत्ता दिएको भए यो समस्या आउँदैनथ्यो।’

राउटे बस्तीमा दसैँको चटारो

दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन्। किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ।

मुख्यमन्त्रीसँग बालबालिका कार्यक्रमः मुख्यमन्त्रीलाई बालबालिकाका प्रश्नै–प्रश्न

‘राउटे समुदायलाई घर बनाएर दिन्छौं, विद्यालय खोलिदिन्छौं, स्वास्थ्य चौकी स्थापना गरिदिन्छौं भनेर पटक–पटक सन्देश पठाएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘उहाँ (राउटे) समुदाय यसप्रति इच्छुक नहुँदा बालबालिकाहरु शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट टाढा छन्।’

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्