५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
बजार

सुनचाँदीको भाउले तोड्यो सबै रेकर्ड

स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला बुधबार १५ सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन दुई लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको थियो। 

त्यस्तै चाँदीको भाउ पनि तोलामा ३१५ बढेर पाँच हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी पाँच हजार ३४० रुपैयाँ पुगेको थियो।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३० पुस २०८२ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App