२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन

पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको छ, ६/७ फिटसम्म हिउँ थुप्रिएको छ। त्यसैले हराएका व्यक्ति खोज्न कठिन भएको टानले जनाएको छ।

उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द

उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

इन्डोनेसियामा बाढीपहिरो, २३ को मृत्यु

पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए।

विस्थापितले पाउन सकेनन् जग्गा

साढे चार वर्षअघि गएको पहिरोमा परी रसुवाको नौकुन्ड गाउँपालिका–१, सांग्युलका डुक्पा तामाङको घर भत्कियो। घर वरिपरि पहिरो आयो। पहिरोका कारण उनी त्यहाँ बस्न सकेनन्। गाउँमा बस्ने वातावरण नभएपछि उनी लेकतिर लागे।

केन्याको पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्याधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो पहिरो गएको अधिकारीले जानकारी दिएका छन्। उनीहरुका अनुसार बाढी र पहिरोमा परी अन्य सात जना अझै पनि बेपत्ता रहेका छन्।

रानीमहल क्षेत्रमा पहिरो खस्दा यात्रु मर्कामा

ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन। सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य  छन्।

अवरुद्ध सडक खुल्यो

पहिरोका कारण अवरुद्ध दिक्तेल–हलेसी सडकखण्ड करिब १४ घण्टापछि खुलेको छ । निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सो सडक मंगलबार बिहान खुलाइएको हो । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा दुईवटा जेसिभी प्रयोग गरेर सडकको अवरोध हटाइएपछि सडक खुलेको हो ।

पहिरोले अवरुद्ध सडक १४ घण्टापछि खुल्यो

वर्षाका बेला पनि सञ्चालनमा रहेको खोटाङको एक मात्र दिक्तेल–हलेसी सडक पहिरोका कारण करिब १४ घण्टा अवरुद्ध भएको छ। निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सडक मंगलबार बिहान साढे ९ बजे खुलाइएको हो।

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

पहिरोले सडक अवरुद्ध

पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। रावाबेंसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा साता दिनदेखि नै सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

पहिरो खस्दा हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प

पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा हप्ता दिनदेखि नै सडक ठप्प भएको खोटाङयातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट बिच्छेद भएको छ ।

पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

चीनसंगको मूख्य व्यापारिक नाका पासाङ ल्हामू राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि नजिकिएको चार्डपर्वलाई असर पर्ने देखिएको छ। चार्डपर्व लक्षित सामान ढुवानी गर्ने सयौ कन्टेनर बाटैमा अलपत्र परेका छन। बाटो तत्काल खुलाउन नसकिए नजिकिएको चार्डपर्वमा मूल्य वृद्धि तथा सामाग्रीको अभाव हुने सम्भावना देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्