१२ श्रावण २०८१ शनिबार
image/svg+xml

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो। झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्।

झरिले अर्घाखाँचीको जनजिवन कष्टकर, ३४ घरका १४८ जनालाई सारियो सुरक्षित स्थानमा

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घर आसपासको जमिन चर्किने, घर माथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछी ३४ घरपरिवारका १४८ जनालाई स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको प्रहरीले जनाएको छ।

रोचक र अनौठो जात्रा: घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई

वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। त्रिपुरासुन्दरीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ।

माघे झरीले सालीनदी मेला भर्न सकस

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्