९ आश्विन २०८१ बुधबार
image/svg+xml

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँः राष्ट्रपति

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान होः राष्ट्रपति

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन्।

राष्ट्रपतिद्वारा महाशिवरात्रिको शुभकामना

आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ।

समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ: राष्ट्रपति

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने बताउँदै सन्देशमा राष्ट्रपतिले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गरेकी छन्।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ।

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छः राष्ट्रपति

लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्।

स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसारै गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छन्।

तमु ल्होसारबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति

गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन्।

राष्ट्रपतिबाट ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेकाे सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गरेकी छिन्।

कर्णाली प्रतिष्ठान गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरणः राष्ट्रपति

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प्रतिष्ठान अग्रसर देखिएको बताइन्।

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

गैह्रआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

‘प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्नुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वानसमेत गरिन्।

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन्।

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताएकी हुन्।

मिथिला क्षेत्र इतिहासकै विशिष्ठ स्थानः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको इतिहासमा मिथिला क्षेत्र विशिष्ठ स्थान रहेको बताएकी छिन। जनक सभ्यताबाट प्रशिक्षित यो भूमिको नेपालको इतिहासमा महत्वपूर्ण भुमिका र येगदान रहेको उनको भनाई थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्