coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मिथिला क्षेत्र इतिहासकै विशिष्ठ स्थानः राष्ट्रपति भण्डारी

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम प्रभावकारी एवं लोकप्रिय छ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको इतिहासमा मिथिला क्षेत्र विशिष्ठ स्थान रहेको बताएकी छिन्। जनक सभ्यताबाट प्रशिक्षित यो भूमिको नेपालको इतिहासमा महत्वपूर्ण भुमिका र येगदान रहेको उनको भनाई थियो।

सोमबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नवनिर्मित मटिहानी रंगशाला लगायत संरचनाको उद्घाटन एवं अवलोकन गर्दै राष्ट्रपति भण्डारीले भनिन्,‘जनक नन्दनी सीता र प्रसिद्ध मैथिली साहित्यकार विद्यापतिको यो भूमि हामी सबैका लागि प्रेरणाको स्रोत हो।’

बालविवाह, अनमेल विवाह, तिलक, दाइजो, बोक्सी, विभेद र गरिवी अझै पनि यो समाजमा कायमै रहनु दुःखद भएको उनले बताइन्। यी सब विकृतीलाई समाजबाट हटाउन इतिहासबाट प्रेरणा लिए संगठित प्रयत्न गर्नुपर्ने उनको भनाई थियो। यहाँको प्रसिद्ध जलेश्वरनाग महादेव मन्दिर, लक्ष्मीनारायण मन्दिर एवं मस्जिदको संरक्षण र संवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्,‘धार्मिक, पौराणीक एवं इतिहासिक स्थलको संरक्षण हाम्रो कर्तब्य हो।’

पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस जिल्लाको विकास सजिलो छ उनले भनिन्, ‘पूर्वाधार विकास बढाउन सके धार्मिक पर्यटन व्यवसाय फस्टाउँछ। सडक, खानेपानी, सरसफाई र भूर्वाधार विकास गरेर यस एतिहासिक स्थालको शौन्दर्य बढाउन सके लोभलाग्दो पर्यटकीय स्थाल बन्ने उनको भनाई थियो।’ अन्नको भण्डार प्रदेश २ कृषिको आधुनिकिकरण एवं व्यवसायीकरण गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकेने उनले बताइन्। कृषिको व्यवसायीकरण गर्न सके असुरक्षित रोजगारीका लागि विदेश पलायनलाई समेत रोक्न सकिन्छ उनले भनिन्,‘स्वदेशमै रोजगारीका लागि कृषि प्रभावकारी विकल्प हुनसक्छ। उनले थपिन्,‘यसले समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा गर्न महत्वपूर्ण योगदान गर्नेछ।’

चुरे श्रृखंला तराई मधेसका लागि जीवनरेखा हो उनले भनिन्,‘चुरेको दिगो विकास र मधेसको विकास एकअर्कासँग गहिरो गरी जोडिएका छन्। चुरे मूल भई यस क्षेत्रबाट बग्ने खोलानदीबाट सिजृत बाढीले अन्नधनमा क्षति पुर्याउँदै आएका छन् उनले भनिन्,‘नदी नियन्त्रणका लागि तटबन्ध र नदी प्रणालीको सुदृढिकरण अवश्यक छ।’ नदी प्रणालीका कारण अन्न भण्डार वर्षेनी क्षतिको मार खेपिरहेको छ, अन्न भण्डार जोगाउन चुरेको दोहन रोकेर नदी प्रणाली व्यवस्थीत गर्नुपर्छ।’

प्रदेश २ सरकारको कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम लोकप्रिय र अनुकरणीय भएको उनको भनाई थियो। नारी उत्थानका लागि यो कार्यक्रमण महत्वपूर्ण छ ,‘यस कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारको समन्वयकारी कार्य हुनुपर्छ। नारी उत्थानको यो कार्यक्रम ल्याएर लोकप्रिय एवं प्रभावकारी कार्य गरेको भन्दै राष्ट्रपति भण्डारीले मुख्यमन्त्री लालबाबु राउतलाई धन्यवाद समेत दिइन्।’

प्रकाशित: ६ मंसिर २०७८ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App