१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो।

नारायणीमा हामफालेका भनिएका युवक पक्राउ

नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आज साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।

बन्दको अांशिक असर, २९३ जना पक्राउ

विप्लब नेतृत्वको नेकपा) माओवादीले खाद्य सुरक्षाको माग राख्दै आइतबार गरेको बन्द उपत्यकामा आंशिक प्रभाव परेको छ भने मुलुकभरिबाट २९३ जना पक्राउ परेका छन्। बन्ददेखि आजित भएका सर्वसाधरण अधिकांशले पसल खोलेका थिए भने मोटरसाइकल, टेम्पो, माइक्रो, साझा बस पनि थोर बहुत सडकमा गुडेका थिए।

बाजुरामा १० केजी चरेस सहीत २ पक्राउ

नौ केजी नौ सय ग्राम चरेस सहीत पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। मार्तडी स्थित दुनी हाट बजारबाट बरामद गरिएको चरेस सहीत कारोवारमा संलग्न दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

‘कालापानी छोड’ भन्दै दूतावास पुगेका नेपाल पक्राउ

नेपाल भ्रमणमा रहेका भारती स्थल सेनाअध्यलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय दूतावास लैनचौरमा स्थल सेनाध्यक्ष दलवीर सिंहलाई ज्ञापनपत्र बुझाउने क्रममा नेपालसहित तीन जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखेको छ।

बन्द गराउँदै हिँड्ने विप्लप माओवादीका ७६ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौंमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी हुँ भन्दै धम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई प्रहरीले पक्राउ गरेको हो।

साइप्रस पठाउने भनी रकम ठगी गर्ने पक्राउ

साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगबुका संचालक म्याग्दी भकिल्मी–२ का ४० वर्षीय अमर बहादुर बिकलाई बुधबार पक्राउ गरिएको छ। बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ टर्किस पक्राउ

बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कुटपिट गरी दुई जनाको हत्या अभियोगमा एक पक्राउ

लिखु–२ मझुवा माथिल्लो टोल बस्ने ७० वर्षीय धनबहादुर तामाङ र उनकी ६५ वर्षीया श्रीमती कान्छी तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय रवि तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव माओवादी निकट १५ जना पक्राउ

विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता आज यहाँ पक्राउ परेका छन् । महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रक्तचन्दनको ९० लिटर तेलसहित दुई पक्राउ

प्रहरीले साईटिस महासन्धीमा सूचिकृत रक्तचन्दनको भारी परिमाणकाे तेलसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त किर्तिपुरको टोलीले ९० लिटर रक्तचन्दनको तेलसहित खोटाङका चन्द्रकुमार केसी र काभ्रेका फडिन्द्र भट्टराईलाई पक्रेको हो ।

बाइकमा हुँइकेर सुनको सिक्री थुत्ने दम्पतीसहित ४ पक्राउ

मोटरसाइकलमा हुईंकिएर पैदल यात्रुले लगाएका सुनको सिक्रीलगायतका गरगहना थुत्दै हिँड्ने एक दम्पत्तिसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

नक्कली नागरिकतासहित २ बंगलादेशी नागरिक पक्राउ

सुनसरी प्रहरीले ६ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

छोरीको हत्या अभियोगमा फेटा–४ का एक स्थानीयलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बन्का साह तेलीलाई छोरीको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्