काठमाडौं– मोटरसाइकलमा हुईंकिएर पैदल यात्रुले लगाएका सुनको सिक्रीलगायतका गरगहना थुत्दै हिँड्ने एक दम्पत्तिसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
बा ६० प लट नम्बरको मोटरसाइकलमा हुईंकिएर त्यसरी सामान लुट्ने काठमाडौं घर भएएका सविर मगर र उनकी श्रीमति सेलिस्टी क्षेत्री पक्राउ परेका लैनचौर प्रहरीका डिएसपी सोमेन्द्र सिंह राठौरले बताए।
त्यस्तै, बाइक हुँइक्याएर लुछिएको सुनका सामग्री तथा अन्य मूल्यवान वस्तु बिक्री गर्ने कार्यमा संलग्न केशव नेपाली र लुटिएका सामान खरिद गर्ने भोटाहिटीमा रहेको बज्र ज्यास पसलका सञ्चालक धर्मरत्न बज्राचार्यलाई लुटिएको डेढ तोला सुनसहित प्रहरीले पक्राउ गरेको उनले बताए।
प्रकाशित: २४ कार्तिक २०७३ ०८:४८ बुधबार