१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नारायणीमा हामफालेका भनिएका युवक पक्राउ

चितवन- नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आज साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। उनलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताए।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए। प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो। आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो। रासस

 

प्रकाशित: २८ कार्तिक २०७३ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App