२२ वैशाख २०८१ शनिबार
image/svg+xml

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।

किशोरीको मृत्युपछि रूपनी क्षेत्र तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिपरले ठक्कर दिँदा स्कुल जाँदै गरेकी १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।

काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध,अन्य सवारीसाधनमा टाइम कार्ड लागू

दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।

तीन वटा टिपर तोडफोड

लोकमार्गअन्तर्गत झापाको बेलडाँगीदेखि धरानको सर्दु खण्ड निर्माणमा प्रयोग भइरहेका टिपरमा तोडफोड गरिएको मोरङ प्रहरीले जनाएको छ।

सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो।

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो।

नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन

प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्कालाई रंगेली नगरपालिका–७ स्थित बजार क्षेत्रमा टिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ

कालिकोट टिपर दुर्घटना : मृतक र घाइतेका आफन्तले राहत पाएनन्

भारतबाट आएका नागरिकहरु चढेको सरकारी टिपर दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेका आफन्तहरुले सरकारले घोषणा गरेको राहत नपाएको गुनासो गरेका छन्। जेठ २८ गते भारतबाट घर फर्कदैं गरेका नागरिकहरु चढेको रास्कोट नगरपालिकाको टिपर लालीघाट बजार नजिकै दुर्घटना भएर कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।

चालकविनाको टिपर आफै स्टार्ट भएर गुडेपछि..

चालक र सहचालक दुवै खाजा खान गएको प्रत्यक्ष देख्ने स्थानीय अचम्म मान्दै सोँच्छन् ‘चालक र खलासी छैनन् कसले टिपर गुडाईरहेको छ हँ ?’ अगाडी गएर हेर्दा चालक छैन, अलि हल्ला हुन्छ र टायरमा ढुंगा र इँटा हालेर रोक्न खोजिन्छ तर, टिपर गुडिरहन्छ ।

टिपरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक ‘रिसाउँदा’ कर्णालीमा टिपर

भारतबाट आएका यात्रुसँगको विवादमा चालकले उकालोमा टिपर स्टार्ट गरेर छोडिदिँदा कर्णालीमा खसेर दुई जनाको मृत्यु भएको छ । तीन वर्षीया एक बालिकासहित दुई जना कर्णालीमा बेपत्ता छन् । दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्याे

भारतबाट आएका नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्