२५ पुस २०८१ बिहीबार
image/svg+xml

टिपरका कारण ज्यान गुमाउने धेरै

काभ्रेपलाञ्चोक जिल्लामा टिपरकै कारण हरेक महिना २ देखि ५ वटासम्म दुर्घटना हुनेगरेको छ । टिपरका कारण अकालमा ज्यान गुमाउनेमा मोटरसाइकल–स्कुटर चालक र पैदलयात्री बढी छन् । पछिल्लो घटनामा भक्तपुरबाट ताथली हुँदै बनेपातर्फ आउँदै गरेको बा४ख ३३२६ नम्बर टिपरले अघिल्लो शनिबार बनेपा–१ नाला, अमालडोल सडकमा हिँडिरहेका सूर्यविनायक नपा–१० खड्कागाउँका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो।

अशोक लेलैन्डको क्याप्टेन टिपर

आइएमई मोटर्स प्रालिले भारतीय अटो निर्माता अशोक लेलैन्डको क्याप्टेन टिपर नेपालमा बिक्री सुरु गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त टिपर सार्वजनिक गरेको हो ।कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैन्ड लिमिटेडका ग्लोबल ट्रकको अध्यक्ष अनुज कथुरियाको उपस्थिति रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अशोक लेलैण्डको क्याप्टेन टिपर नेपालमा

आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको व्यवसायिक टिपर ‘क्याप्टेन’को नेपालमा विक्री वितरण सुरू गरेको छ। भगिनी संस्थाले सोमबार होटेल ह्यात रिजेन्सीमा एक कार्यक्रमको आयोजना गरी ‘क्याप्टेन’ टिपर सार्वजनिक गरेको हो।

टिपरले किच्दा कामदारको मृत्यु

टिपरले किच्दा ओखलढुंगामा एक कामदारको मृत्यु भएको छ। बा २ ख ९५६४ नम्बरको ढुंगा ओसार्ने टिफरले किच्दा सिद्धिचरण नगरपालिका–५ बर्णालुमा सडक निर्माणका काम गरिरहेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङका १८ वर्षीय बिवायिसी तामाङको मृत्यु भएको हो।

ट्रक र टिपरका लागी टाइम कार्ड लागु

राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ ।

टिपरको ठक्करबाट किशोरको मृत्यु

पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

टिपरको ठक्करले नाबालकको मृत्यु

काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ।

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

मध्यपुर थिमि नगरपालिका-१, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा२क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

टिपर ठोक्किँदा चालकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्को गल्छी गाउँपालिकास्थित् बैरेनिमा बालुवा बोक्ने टिपरको ठक्करबाट चालकको मृत्यु भएको छ। आफ्नै अगाडि रहेको बा ४ ख २९१० न को टिपरमा ठोक्किन पुग्दा बा ४ ख १६७४ को टिपर चालकको मृत्यु भएको हो।

टिपरले किचेर युवकको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहीबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

टिपर गराउँछन् धेरै दुर्घटना

उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका प्रमुख केही घटना हुन् यी। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो – टिपर चालकको लापरबाही। अधिकांश टिपर तीव्र गतिमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्