७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

टिपरको ठक्करले नाबालकको मृत्यु

बनेपा – काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ। 

बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ। 

दुर्घटनामा तीनवर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। 

दुर्घटनाको विषयलाई लिएर बिहान ९ बजेदेखि अरनिको राजमार्ग बन्द भएको छ। प्रहरीले सडक खुलाउने विषयमा वार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २२ कार्तिक २०७४ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App