७ वैशाख २०८१ शुक्रबार

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

बाँकेको कोहलपुर नगरपालिका– १४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इन्डस्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर

बाँकेको कोहलपुर नगरपालिका-११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गिरी कक्षा कोठाको अघिल्लो लाइनमा बस्छिन्। कक्षामा नियमित उपस्थित हुने उनको अरू विद्यार्थीसरह पढाइमै ध्यान केन्द्रित हुन्छ।

हट्यो सार्वजनिक शौचालय शुल्क

कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।

कोहलपुर नगरपालिकामा सुरु गरियो ‘ऐलानी’ जग्गा नाप जाँच

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन भन्दै नगरपालिकाले जग्गा नाप जाँच कार्य सुरु गरेको हो। नगर प्रमुख पूर्णप्रसाद आचार्यले ऐलानी जग्गा नाप जाँच कार्य चलिरहेको जानकारी दिए।

ठेला तथा फुटपाथ व्यवसायीको धर्ना

ठेला तथा फुटपाथ व्यवसायको उचित व्यवस्थापन माग गर्दै उनीहरूले कोहलपुर नगरपालिकापरिसरमा धर्ना दिएका हुन्।

पेट्रोल छर्की आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु

शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झै–झगडाको कारण आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक र उनकै छोरा २ वर्षीय प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा प्रिन्स बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रोहणीस्थित भ्यूटावरमा अनियमितताको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जना उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।

बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन्।

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।

धान खरिद ३.१७ प्रतिशत मात्रै

नेपालगन्जमा गत वर्षको तुलनामा यस वर्ष ३.१७ प्रतिशत धान खरिद गरेको छ। बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका कारण यस वर्ष धान खरिद धेरै कम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्