१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मेलम्ची खानेपानी बाँधस्थल अझै पुनः निर्माण सुरुआत हुन सकेन

पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ। राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन।

सप्तरीमा वर्षाले धानबालीमा क्षति

लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

बुधवारसम्म देशका धेरै स्थानमा बर्षा हुने सम्भावना

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे।

तलव नपाएको भन्दै कर्मचारी आन्दोलित

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन्।

लुप्राङमा दशकौंदेखि पानीकाे समस्या, दुषित पानी पिउन बाध्य स्थानीय

वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौ। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी वितरण गरिसक्छौ,' उनले भने।

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै

पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमासानाठूला खाल्डा धेरै छन्।

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

तातोपानी कारोबार झन्–झन् ओह्रालोतिर

२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।

पानीको स्रोत जोगाउन जुट्यो कामपा

काठमाडाैं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ।

भिड छ, व्यापार छैन

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ।

त्रियुगा खानेपानीमा लफडाः निलम्बिन अध्यक्षले साधारणसभा बोलाएपछि उपभोक्ता अन्यौलमा

सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) र निलम्बित अध्यक्षको फरकफरक कार्यले उपभोक्ताहरुमा अहिले अन्यौलता सिर्जना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्