२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्पपीडितले अनुदान पाएनन

घरमा क्षति पुर्याएको र पुनर्निर्माण कार्यविधि जारी हुनुअगावै बनेका घर नुवाकोटमा ५ हजार ३ सय ६४ छन् । ती घरहरू मापदण्डअनुसार नबनेकाले अनुदान रकम पाउनबाट वञ्चित छन् ।

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित

भूकम्पको कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट बञ्चित भएका छन्। जिल्लाको तीन ओटा स्थानीय तहबाट विस्थापित भएको ७ ओटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट बञ्चित भएका छन्।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

जुम्लाकै पहिलो भूकम्प प्रतिरोधी स्वास्थ्यचौकी भवन

हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउछन। भवनको फेददेखि टुप्पो सम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका छन।

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले मंगलबार वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे।

भूकम्पीय कम्पन र काठमाडौँ

काठमाडौँको माटाकोे विशेषता अन्य मुलुकको सामुन्द्रिक तटीय क्षेत्रमा पाइने माटाकोे भन्दा भिन्न खालको छ । वास्तवमा काठमाडौँको माटोमा भूकम्पको कम्पन बढाउने होइन कि घटाउने विशेषता छ ।

२० औ‌ भूकम्पीय सुरक्षा दिवस मनाइँदै

‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नारा सहित आज मंगलवार भूकम्पीय सुरक्षा दिवस मनाइँदैछ । यस अवसरमा भूकम्पले ज्यादा क्षति पु¥याएको काठमाडौको बसन्तपुरमा विशेष कार्यक्रम गरिदैछ ।

अनुदानले जग्गा किन्दै भूकम्प पीडित

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले बाह्रबिसे नगरपालिका–५, गातीका चन्द्रबहादुर सुनारको घर मात्र भत्काएन, सँगै निम्तिएको पहिरोले गावै पुरेर थातथलो नै मेटाइ दियो । घरसहित सम्पत्तिको नाममा रहेको थोरै जमिनमा पहिरोमा परेपछि पाँच सदस्यीय सुनार परिवार गाउँबाट विस्थापित भयो । उनको परिवार ३२ महिनादेखि अरुको जमिनमा जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ।

हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।  यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।

उत्तरपूर्वी भारतमा ६ रिक्टरस्केलको भूकम्प

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो।

खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्।

भूकम्पले सुकेको मूलको संरक्षण

२०७२ को वैशाख १२ गते गएको भूकम्पपछि काठमाडौंको पूर्वीदक्षिण कुनाको विष्टछाप गाउँको सिरानको पानीको मूहानमा साविकभन्दा दोब्बर तेब्बर पानी आयो । तर वैशाख २९ गतेको पराकम्पपछि पानीको मूल आश्चर्यजनक ढंगमा सुक्यो । के गर्ने, कसो गर्ने गाउँलेहरू आत्तिए ।

भूकम्पपीडितका लागि प्राप्त दुई करोडको राहत नष्ट

जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्