१९ वैशाख २०८१ बुधबार
image/svg+xml

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

भेरी अस्पतालमा डेंगुका बिरामी बढे

नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेंगु लगायत बिरामी राखेको छ। यहाँ डेंगुको बिरामी ४६ जना छन्।

डेंगुबाट बच्न सतर्कता अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या राज्यन्त्रीम हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्। आज एक अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपरचामा कमी हुन नदिन लागिपरेको बताएका छन्।

कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्