टीकापुरका थुप्रै व्यक्ति अझै सम्पर्कविहीन
रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जना भन्दा बढी अझै सम्पर्कबिहिन छन्।
रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जना भन्दा बढी अझै सम्पर्कबिहिन छन्।
उनीहरू धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयलाई त्यहाँ लैजाने एक जना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना कामदार सुरुङभित्रै फसेका छन्। उनले बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको बताए।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्दार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पुर्याएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।
उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।
अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवाका लागि प्रयोग गरिनेछ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ।
नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको हो।
रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।