२० आश्विन २०८१ आइतबार
image/svg+xml

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ।

बुद्धमूर्ति तोडफोडमा संलग्न भेटिएनन्

देशका विभिन्न स्थानमा भएका अपराधका घटनामा राजनीतिक संरक्षणकै कारण प्रहरी अनुसन्धान टुंगोमा पुग्न नसकेका उदाहरण रहेको भन्दै बौद्ध उपासक विमलबहादुर शाक्यले यो घटनालाई राजनीतिक रङ दिइए दुर्भाग्य हुने बताए।

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

बुद्धका मूर्ति तोडफोड गर्नेमाथी कारबाहीको माग गर्दै धर्मोदय सभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।

बुद्धमूर्ति तोडफोडपछि सिसिटिभी राखिँदै

साउन १ गते राति बुद्धका मूर्ति तोडफोड भएको थियो । उक्त घटनामा संलग्नको भने पहिचान हुन सकेको छैन ।

सरकारका प्रवक्ता भन्छन्ः बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ।

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ।

रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ६ लेन सडकमा राखीएका बुद्धका मुर्ती तोडफोड गरीएको छ। बुटवल बेलहिया ६ लेन सडकको मध्य भागमा(डिभाइडर) राखीएका बुद्ध मुर्तीहरु गएराती तोडफोड गरीएको हो।

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन्। २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए।

व्यासको मूर्ति बनाउन गुरुयोजना

गुरुयोजना निर्माणको लागि व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत असारमा अर्थक्येक सेफ्टी सोलुसन्ससँग सम्झौता गरेको थियो।

सडक खन्ने क्रममा मूर्ति भेटिएपछि भक्तजनकाे ओइरो

मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन्। स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुन सक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो।

ढुंगा अभावसँगै मूर्तिकार अन्योलमा

सरकारी अवरोधका कारण ढुंगा निकाल्न पाइँदैन। गिटी निकाल्न र ल्याउन ढुंगा सहजै रूपमा आएपनि मूर्ति बनाउने ढुंगा ल्याउँदा अवरोध हुन्छ।

राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार’

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा विशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गरिने पुरस्कार यस वर्ष मूर्तिकार राईलाई प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

तीन गन्तव्य

मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तीर्थ हो। मन्दिरभित्रको मूल मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने बौद्धमार्गिले लुवाङ ग्याल्बो। हिन्दुका बाहुनले पूजा गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले। मुक्तिनाथ दर्शन गरेर १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने दुबै धर्माबलम्बिको विश्वास छ।

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।

कीर्तिपुरमा लिच्छवीकालीन मूर्ति भेटियो

कीर्तिपुर नपा–६ चारघरेस्थित जालपादेवी मन्दिर पुनर्निर्माणका क्रममा लिच्छविकालीन मूर्ति फेला परेको छ। शनिबार मन्दिरको पूर्व उत्तर दिशामा पर्ने स्थानीयवासी रामेश्वर महर्जनको घर पछाडेको माटोको ढिस्को खन्ने क्रममा मूर्ति फेला परेको हो। २०७२ वैशाखको भूकम्पका कारण यस क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिर क्षति पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्