१० मंसिर २०८१ सोमबार
image/svg+xml

दशैँमा बन्दीपुरमा केबुलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो।

कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा, थपिँदै नयाँ पर्यटकीय पूर्वाधार

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ

राजालाई गीत फुराउने बन्दीपुरे गाउँ

यो गीत राजा महेन्द्रद्वारा रचिएको थियो । प्रकृति, राष्ट्रप्रेम र प्रेमिल शब्दमा गीत लेख्न रुचाउँथे रे महेन्द्रले । जसै उनी बन्दीपुर पुगे फुरिहाल्यो रे गीत । मोटरबाटो नपुगेको गाउँमा घोडा चढेर, बोकिएर अथवा हिँड्नुको विकल्प थिएन । समुद्री सतहदेखि एक हजार ३० मिटरको उचाइमा रहेको बन्दीपुर । काठमाडौंबाट १ सय ४७ किमी पर छ गाडीमा जाँदा । राजा महेन्द्र त्यहाँ पुग्दा गाडीको सुविधा थिएन । डुम्रेबाट आठ किमी सडक बनेको त भर्खरै एक दशक त नागेको छ ।

बन्दीपुरमा पर्यटकको चहलपहल

मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ। चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो।

बन्दीपुरमा बसपार्क

पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो।

बन्दीपुरमा पनि कार्यक्रम सुरु

तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मंगलबार बन्दीपुर बजारमा एक कार्यक्रमबीच ४१ जनालाई रोजगारी प्रदान गरेर सुरुआत गरे । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर सुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को३०प २४५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना३ख ६८१३ नम्बरको टिपरले ठक्कर दिएको थियो।

बन्दीपुरका यादहरू बोकेर

घुमफिरको कुरा उठ्नासाथ हामी विदेश सम्झन्छौं। थुप्रै खर्च गरेर विदेश पुग्छौं। तर थोरै खर्चमा आफ्नै देशका धेरै ठाउँ घुम्ने र नयाँनयाँ अनुभव बटुल्ने अवसरलाई भने हामी बेवास्ता गर्छौं।

बन्दीपुरमा बन्ने भयो कृत्रिम ताल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ। पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो।

बन्दीपुरमा बढे पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटक आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

१५ महिनापछि बन्दीपुरमा केबलकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले  शुक्रबार बन्दीपुर केवलकारको शिलान्यास गरेका छन्।

चम्किरहेछ बन्दीपुर

नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ । त्यहाँ बजारमा नेवार शैलीका घर छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्