संसद् पदाधिकारीलाई आठ करोडका गाडी
प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।
प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।
प्रदेश नं ५ का सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गाे चाँडाे लगाउन माग गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानीका सम्बन्धमा सुझाव दिन गठीत विशेष समितिले छिटो काम थाल्नुपर्नेमा जोड दिएका हुन्।
प्रदेशसभा बैठकमा विशेष समयमा बोल्ने सांसदसँग बोल्ने विषयका सम्बन्धमा अग्रिम जानकारी माग गरिएको भन्दै प्रतिपक्ष सांसदले नियमापत्ती जनाएका छन।
गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले सरकारी गाडी ललितपुरस्थित घरमै लगेर थन्काए। यो विषयमा पुस ११ गते नागरिकले समाचार प्रकाशन गरेपछि १२ गते नै उक्त ग१झ ३४५ नम्बरको ह्याचब्याक कार पोखरा आयो। यो बाहेक ग१झ ३४४ नम्बरको ह्याचब्याक कार पनि खड्काले प्रयोग गर्दै आइरहेका छन्।
जेल परेर धरौटीमा रिहा भए, प्रदेशसभा सचिवालयमा सदस्यको हैसियतमा सपथको निम्ति निवेदन दिए, उनको मुद्दाको फैसला भएको छैन, दोषी ठहर पनि भएका छैनन्, निर्दोष सावित पनि भएका छैनन्। कानुनमा स्पष्ट व्यवस्था नभएको हुँदा राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा प्रदेशसभा अलमलिएको छ।
प्रदेश राजधानीमै घर भएर पनि प्रदेशसभा सचिवालयबाट घरभाडा लिइरहेका सांसदहरूले नियमविपरित निकासा भएको रकम फिर्ता हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव पनि त्यस्तै सांसदमध्येका एक हुन्।
सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।
प्रदेश ३ को प्रदेशसभाको बर्खे अधिवेशन बिहीबारबाट सकिने भएको छ। चालु अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेललगायतले स्थायी राजधानी र नामकरण बर्खे अधिवेशनमा गर्ने दाबी गरेको भए पनि नामकरण र राजधानीको टुंगो भने लाग्न सकेन। राजधानीका लागि सहमति प्रयास भइरहेकाले अर्को अधिवेशनमा मात्र सो विषयले टुंगो लगाउने अपेक्षा गरिएको छ।
अन्य प्रदेश तथा संघीय संसद्मा बजेट अधिवेशन समापन भई हिउँदे अधिवेशनसमेत आह्वान भइसक्दा प्रदेश २ को संसद् अलमलमै छ। मंसिर १९ गते अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको प्रदेशसभाको अगामी बैठक अझै अन्योलमा छ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको दुई महिना हुन थाल्यो। चालु आर्थिक वर्षलाई प्रदेश सरकारले कानुन निर्माणको वर्षका रूपमा मनाउने घोषणा गरे पनि कानुन निर्माणसम्बन्धी कुनै काम भएका छैनन्। तेस्रो अधिवेशनको टुंगो नहुँदा कर्णाली प्रदेशका सांसदहरू फुर्सदिला बनेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले आगामी वैशाखभित्र प्रदेश र स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोग र सरकारलाई निर्देशन दिएको छ।
प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएका छन्। प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको दुई महिना हुन थाल्यो। चालु आर्थिक वर्षलाई प्रदेश सरकारले कानुन निर्माणको वर्षका रूपमा मनाउने घोषणा गरे पनि कानुन निर्माणसम्बन्धी कुनै कामहरू भएका छैनन्। तेस्रो अधिवेशनको टुंगो नहुँदा कर्णाली प्रदेशका सांसदहरू फुर्सदिला बनेका छन्। सुरुमै प्रदेशको नाम र राजधानी टुंगो लगाएर चर्चा कमाएको कर्णाली प्रदेश सरकार त्यसयता सुस्त बन्दै गएको छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्नै सक्दिनन्। उनको मुखबाट ‘धन्यवाद’ शब्दमात्र निस्किन्छ।
असोज ८ गतेदेखि गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन सकियो। हिउँदे अधिवेशन कहिलेदेखि हुन्छ भन्ने विषयमा प्रदेशसभा सदस्यहरु जानकार छैनन्।