८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफूले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

निर्वाचनमा महिलाको सहभागीता कम भयोः ओनसरी घर्ती

निर्वाचनमा पनि महिलाहरुको सहभागीता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन्। नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन्।

देशको व्यवस्था गलत दिशातिर जानुमा ओली नेतृत्वको सरकार दोषीः कृष्णबहादुर महरा

उनले भने, ‘श्रोत साधनबाट हामी गरिब छैनौँ। नेपालमा विदेशी लगानी कमजोर भएको छ। किन कमजोर हुन्छ? विदेशी लगानी भित्र्याउनुपर्छ। हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन। देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ। हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ।’

चुनावी तयारीका लागि प्रचण्ड गोरखामा

शुक्रबार बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन्।

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश नं १ को निर्देशन

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका छन्। उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्।

जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।

बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै होइन: प्रचण्ड

उनले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे।

नेपालमा युद्धले शान्ति ल्याएको छः दाहाल

‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन।'

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

ओली नेतृत्व सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भयाे: दाहाल

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन्।

धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने कुरा विज्ञानसम्मत छैनः अध्यक्ष दाहाल

अध्यक्ष दाहालले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताए।

प्रचण्ड पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको देवी ज्ञवालीको आरोप

'जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो, त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिष्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरुको हीतमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढीरहेको छ। सबै कम्युनिष्ट देशभक्तहरु आज एमालेमा गोलवद्ध हुनुपर्ने आवश्यक्ता छ। एमालेका कार्यकर्ताहरु पदको लागि लालयित छैनन्, एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशनमा विष पिउन तयार छन्, मृत्युवरण गर्न तयार छन्, तर पार्टीको निर्देशनलाई जहिलेपनि शिरोधार्य गर्दछन्।'

प्रचण्डले मलाई नै भष्म पार्न खोजेः ओली

'यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरु एमालेसँग लड्ने आँट गर्छ? मैले धेरै केही भन्नुपर्दैन। अहिले नेकपा एमालेमा प्रवेशको लहर छ। स्थानीय तहमा ३८ लाख भोट ल्यायौँ, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तिमा पुर्‍याउनुपर्छ। प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ।'

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा राजनीतिक आग्रह-पूर्वाग्रह नराख्न प्रचण्डको चेतावनी

‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्।'

मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता हटाउनुपर्छः नारायणकाजी श्रेष्ठ

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाँही बहुदलीय हुने। अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाँही चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्