६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश नं १ को निर्देशन

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका छन्। उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्।  

‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ।’

प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरे।

प्रकाशित: २४ आश्विन २०७९ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App