२१ आश्विन २०८१ सोमबार
image/svg+xml

समृद्ध नेपाल बनाउन प्रवासीको लगानी आवश्यकः मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गरेकी छिन्।

सर्वसाधारणलाई जस्तै छानबिन होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ

२३ देशमा नेपाली रक्तदाता संघ

फ्रान्समा नेपाली रक्तदाता संघ गठन भएसँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ २३ देशमा विस्तार भएको छ। गैरआवासीय नेपालीबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न देशमा संघ विस्तार गरिएको हो।

आरजु भन्छिन्ः सरकारको गलत नीतिको कारण युवाहरु विदेशिने क्रम बढ्यो

नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै गएको बताएकी छिन्।

फिफा विश्वकप छनौट खेल्ने नेपाली टोलीको विदाई

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको छ।

शशांकको मागः बलात्कार आरोप निष्पक्ष छानविन हाेस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गरेका छन्।

रिजालको आरोपः कम्युनिष्ट सरकारले भय र त्रास स्थापना गर्न खोज्यो

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्। तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दाबी गरेका छन्।

भ्रमण वर्षको संकेत

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेर २० लाखको संख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारको अहिलेसम्मको तयारी र नेपाल आउने पर्यटकको संख्या हेर्दा यसले मूर्त रूप लिनसक्ने संभावना देखिएको छैन। सर्वसाधारणमाझ लोकप्रिय बन्न विभिन्न कुरा घोषणा गर्ने, केही नीति÷नियम पनि बनाउने तर कार्यान्वयनमा लैजान पटक्कै नसक्ने अधिकांश मन्त्रीको प्रवृत्ति भ्रमण वर्षको सवालमा पनि देखिएको छ।

मिडियामा महिला विभेद

नेपाली मिडियामा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ। टेलिभिजन, रेडियो र अनलाइनमा हुने बौद्धिक बहसमा आक्कल झुक्कल मात्र, महिलालाई सहभागी गराइन्छ। साप्ताहिक, मासिक वा पाक्षिक पत्रिकाहरूमा मात्र हैन, देशका प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकामासमेत लैंगिक विभेद डरलाग्दो छ।

काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण छ: नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ।

त्रिकोणात्मक टी–ट्वान्टी : नेपालले जिम्बावेसँग दोस्रो खेल खेल्दै

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्दै छ। सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ।

नेकपाको कार्यशैलीको जमेर प्रतिवाद गर्छाैं : नेता थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकार चलाई रहेको नेपाल कम्युनिस्ट पार्टीले श्रृङ्खलाबद्ध आक्रमणको थालनी गरेकाले यसको जमेर प्रतिवाद गर्ने बताएका छन्। विभिन्न घटनाले सरकार र सम्बद्ध दलको चरित्र चित्रण गरेको उनको भनाई छ।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्।

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी  वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ।

दैनिक दुई हजार नेपाली घर फर्किंदै

दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन्। विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौं नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्