२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वराष्ट्रपतिलाई कानुनविपरीत उपचार खर्च

नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालेसमेत पूर्वराष्ट्रपति रामवरण यादवलाई विदेशमा गराएको उपचार खर्च दिने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

कार्यसम्पादनमा प्रधानमन्त्री फेल भइसकेः गगन थापा

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन्।

नेकपा कार्यकर्ताले बाटोमै रोकेपछि मीनेन्द्र रिजालले के भने?

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाललाई आइतबार तनहुँमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अवरोधको प्रयास गरे। तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेकपालगायत दलका कार्यकर्ताले उनलाई कार्यक्रमस्थलमा जानै नदिइ सडकमै दुई घण्टा भन्दा बढी समय अवरोध गरे।

बढी शुल्क नलिन प्रभु हेलिकप्टरलाई प्राधिकरणको पत्राचार

प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहोर्याउन निर्देशन दिएको छ।

पौडेलले भनेः सत्ताको आडमा सिलसिलेवार आक्रमण भयो, अब चुप लाग्दैनौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता मीनेन्द्र रिजाललाई तनहुँमा नेकपाका कार्यकर्ताले कार्यक्रममा उपस्थित हुन अवरोध गरेको घटनाप्रति आपत्ति जनाएका छन्।

चीनका मुख्य सहरमा उडान भर्दै हिमालय एयरलाइन्स

नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ।

विकृति अन्त्यका लागि संस्थाहरुको स्थापना गर्नुपर्छः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान विकृतिको अन्त्य हुनेगरी सामाजिक संघ, संस्थाहरुको स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।

सुनको भाउ घट्यो

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ।

विरक्तलाग्दो सीमा क्षेत्र

सडकसँगै वर्खाको भलसमेत नेपालतर्फ लगाई दिदा ठाँउठाँउमा सानो सानो पहिरो गएको देखिन्छ। खुल्ला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासी समेत मौलाउँदै गएको देखिन्छ।

'चङ्गा चेट' कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले भनिन् – चेलेबेटी बेचबिखन रोक्नुपर्छ

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएको चंगाचेट कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने र चेलेबेटी बेचबिखन रोक्नुपर्ने बताइन्। उनले बालबालिकालाई मायाको भावले हेर्नुपर्ने पनि बताइन्।

नगरकाेटमा 'चङ्गा चेट' कार्यक्रम, क्यान्सर केयर नेपाल रिसर्च प्रथम

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।

कर्मकाण्डी नेपाली पर्यटन

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

९८ हजार पुराना मिटर अब स्मार्ट बन्ने

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ९८ हजार ग्राहकका पुराना मिटर विस्थापित गरेर नयाँ अत्याधुनिक खालको स्मार्ट मिटर जडान गर्ने भएको छ। प्राधिकरणले पुराना मिटरबाट हुने विद्युत् चुहावट र चोरी नियन्त्रण गर्न स्मार्ट मिटर जडान गर्न लागेको हो।

‘फोरजी’ टेलिकमको दसैं उपहार

नेपाल टेलिकमले देशका मुख्यमुख्य सहर र सदरमुकामका ग्राहकलाई यो दसैंमा उपहारस्वरुप फोरजी सेवा दिने तयारी गरेको छ। चौथो पुस्ताको मोबाइल सेवा विस्तारलाई तीव्रता दिएको कम्पनीले दसैंसम्ममा देशका ३२ जिल्लाका मुख्यमुख्य स्थानमा सेवा पु¥याउने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्