१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यमः पर्यटनमन्त्री श्रेष्ठ

'मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।'

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ

'पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ। विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन। सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ।'

मन्त्री श्रेष्ठद्वारा स्वयम्भू महाचैत्यको परिक्रमा

एक महिना मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ।

पर्यटन मन्त्रीद्वारा पशुपती मन्दिरको निरीक्षण, संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर,मृगस्थली, शेल्षमान्तक वन, विभिन्न म्याथ मन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गरेको हो। सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन निर्देशन दिए।

पर्यटनमन्त्रीलाई सर्वोच्चले बोलायो

सर्वोच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन र मन्त्रालयका सचिवलाई सबै बेहोरा खुलाई लिखित जवाफ पेस गर्न बिहीबार आदेश गरेको हो।

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ।

'तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्ने प्रकृया तीव्र'

’तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पूरा गरिनेछ' उनले भने। लुम्बिनी अवलोकन भ्रमणपछि तिलौराकोट हुँदै धमनिया जोडी स्तुपामा पुगेको उनले संचारकर्मीहरुसँग सो कुरा बताएका हुन्।

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्