२० आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।

कोरोनाविरुद्ध भक्तपुर नगरपालिका : दैनिक माइकिङदेखि अक्सिजन प्लान्ट स्थापनासम्म

नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्।

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट राख्ने

नगरपालिकाको आयोजनामा नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच सम्पन्न भर्चुअल अन्तरक्रिया कार्यक्रममा यस विषयमा छलफल भएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।

भक्तपुरका अधिकांश मासु पसल फोहोर

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेका मासु पसलहरुको बिहीबार अनुगमन गरियो । अनुगमनमा मासु पसलहरु सुधार हुँदै आएको पाइएको जनाइएको छ ।

भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन्।

चिकेन विंग्स खाएर धेरै जना विरामी!

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको च्याम्हासिहमा मासु पसलहरु अनुगमन गरियो। भोजमा चिकेन विंग्स खाएर धेरै जना विरामी भएको गुनासोको आधारमा अनुगमन गरेको जनाइएको छ। अनुगमन गरिएकोमा धेरै पसलहरुमा मासुको मूल्य फरकफरक देखिएकोले उपभोक्ता ठगी भएकोले जफत गरिएको अनुगमनमा संलग्न वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए।

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

एकमतले पारित भयो नीति तथा कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्