५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चिकेन विंग्स खाएर धेरै जना विरामी!

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको च्याम्हासिहमा मासु पसलहरु अनुगमन गरियो। भोजमा चिकेन विंग्स खाएर धेरै जना विरामी भएको गुनासोको आधारमा अनुगमन गरेको जनाइएको छ। अनुगमन गरिएकोमा धेरै पसलहरुमा मासुको मूल्य फरकफरक देखिएकोले उपभोक्ता ठगी भएकोले जफत गरिएको अनुगमनमा संलग्न वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए।  

अनुगमनमा भक्तपुर चिकेन हाउस दर्ता नविकरण गर्न, प्याकेजिङ्ग विग्रेको सामानहरु विक्री वितरण नगर्न, फ्रिजको सरसफाईमा ध्यान दिन, खरिद र विक्री गर्दा प्यान र भ्याट विल मात्र प्रयोग गर्न, एस एस बि मिट प्रडक्ट काठमाडौं खुसिबुको खरिद विल प्यान र भ्याट विल प्रयोग नगरी इष्टिमेट विल प्रयोग गरी कर छली गरेको र भोजमा उक्त कम्पनीको चिकेन विंग्स खाएर धेरै जना विरामी भएकोले सम्बन्धित कम्पनी र विक्रेता भक्तपुर चिकेन हाउसलाई उपस्थित हुने निर्देशनका साथै तराजु एक थान जफत गरियो।  

न्यु चिकेन कोल्ड स्टोर पसल नविकरण गर्न, एप्रोन सेटो प्रयोग गर्न, पसल व्यवस्थित र सरसफाइमा ध्यान दिन, मासु राखेको दिफ्रिजमा दूध नराख्न र दूध मासुसंगै राखे मासु विग्रने भएकोले नराख्न निर्देशन दियो। जय श्री ब्रम्हायणी कोल्ड स्टोरमा भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा मार्वल टायल राख्न, एप्रोन सेटो प्रयोग गर्न निर्देशन दियो।  

अनुगमनमा सदस्य रोशन मैया सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भनपा श्यानिटेशका वडा निरीक्षक रामकृष्ण प्रजापति, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक छत्रबहादुर थापा र पशु सेवा कार्यालय भक्तपुरका लालमाया तामाङ्ग सहभागी थिए।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App