५ आश्विन २०८१ शनिबार
image/svg+xml

आजदेखि संसदमा जबरामाथिको महाभियोग प्रस्तावबारे छलफल हुने

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ।

आइतबारदेखि जबरामाथिको महाभियोग प्रस्तावबारे संसदमा छलफल हुने

संघीय संसद सचिवालयले आइतबार बस्ने बैठकको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ।

चिया चौतारामा चुनावी चर्चा

चुनावको मिति तय भएसँगै धनगढीमा माहोल तातेको बताउँदै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्यालले भने,‘सुरुमा चुनावै हुन्न भन्थे, अहिले चुनावको मिति तय भएसँगै कार्यकर्तामा उत्साह जागेको छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गर्दैनन् भन्ने गरेको बताउँदै उनले भने,‘चुनाव हुन्न भन्थे, चुनाव गर्नमा देउवा पछाडि हट्दैनन्।’

सत्ता गठबन्धनको बैठक चल्दै

अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति हिजो घोषणा गरेपछि आज गठबन्धनको बैठक केहीबेर अघिदेखि बसेको हो।

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छः डा. भीम रावल

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

प्रतिनिधि सभा बैठकको यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बस्न लागेको हो।

'बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीले भेटेपछि नेपाली महिलाले के सोच्ने?'

'सिद्धबाबा भनेर चिन्ने गरिएको छ। ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले?'

'युवालाई काम गर्न न्यूनतम उमेर तोकिएकोप्रति आपत्ति'

नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर।

गलत तथ्यांकका कारण देश अधोगतितर्फ गयोः मिन विश्वकर्मा

राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने।

विकसित देशमा मंकीपक्सले हायलकायल बनाएको छ, नेपाल सरकार मौनः योगेश भट्टराई

‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन। सरकार मौन बसिरहेको छ।'

आज प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो।

नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलालाई तुरुन्तै नागरिकता दिनुहुँदैनः दुर्गा पौडेल

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।

आज प्रतिनिधि सभा बैठक बस्दै

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्