२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओली र प्रचण्ड-नेपाल कुन पक्षले पाउला नेकपाको वैधानिकता?

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षको निवेदन छानबिन गरी निष्कर्ष निकाल्ने बताएको छ।

प्रतिनिधिसभालाई जीवित बनाएर नयाँ सरकार बनाउँछौं : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभालाई जीवित राख्दै नयाँ सरकार बनाउनेमा आफ्नो ध्यान रहने बताएका छन्।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई बनाउने तयारी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलको भेला बस्दैछ। बुधबार दिउँसो पौने १ बजे संसद भवन बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।

ओली समूहको केन्द्रीय सदस्यमा उदयपुरका आधादर्जन

पार्टी विभाजनसँगै सत्तारुढ दल नेकपाको ओली तथा प्रचण्ड–माधव समूहको अलग–अलग भेलाले नेता कार्यकर्ता तानातानमा पर्न थालेका छन्। यसै क्रममा मंगलबार विहान सम्पन्न ओली समूहको भेलाले उदयपुरका आधादर्जनलाई महाधिवेशन आयोजक समिति (केन्द्रीय सदस्य) मा मनोनयन गरेको खुलेको छ।

ओली समूहको बैठक अवैधानिक, वामदेव र बादल पनि मेरै पक्षमा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा गरेको केन्द्रीय सदस्यको बैठकलाई ‘अवैधानिक’ भनेका छन्।

प्रचण्ड-नेपाल समूहको बैठक सुरु, ओलीलाई कारबाही गर्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय समिति सदस्यको भेला सुरु भएको छ।

ओलीविरुद्ध संसद् भवनमा प्रचण्ड-नेपाल पक्षका सांसदकाे भेला

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध रणनीति बनाउन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको बैठक सुरु भएको हो।

प्रचण्डको सचिवालयले भन्याे : राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति भएको होइन

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता हुने भनेर गलत हल्ला फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ।

नेकपाभित्र जारी विवादबारे ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको हो।

अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कि आफू कि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हट्नुपर्ने अवस्था आएको बताएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे प्रचण्डको कडा आलोचना

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन्।

प्रचण्डकाे प्रस्ताव फिर्ता हुनुपर्छ भनेपछि पोखरेललाई पुनको सुझावः आत्तिन र मात्तिन हुँदैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीभित्र भइरहेको बहस र अन्तरविरोधबाट नआत्तिन र नमात्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रचण्डलाई पोखरेलको आग्रह: प्रस्ताव फिर्ता लिनुस्, दीपशिखाको जवाफः धम्की नदिऊँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबार सचिवालय बैठक बोलाउन दाहालको ओलीलाई प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन्।

आफू एक्लैले बोलाएको सचिवालय बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम बिन्दुमा पुगेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष एवं केपी शर्मा ओली भेट्न अहिले बालुवाटार पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्