२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस ‘प्रचण्डपथ’ अंगिकार गर्दै छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने नेपाली कांग्रेसले पनि ‘प्रचण्डपथ’ अंगिकार गरेजस्तो लागेको बताएका छन्।

आफैले विघटन गरेको संसदबाट कुन नैतिकताले विश्वास मतः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुने गरी संसद विघटन गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिने नैतिकता समेत गुमाएको बताएका छन्।

शंकर पोखरेललाई मुख्यमन्त्री बनाउनु हास्यास्पद: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेशमा पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु हास्यास्पद भएको बताएको छ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। पछिल्लो समयमा उनको स्वाथ्यमा समस्या देखिएपछि भारतमा उपचार गराएर फर्किएका थिए।

मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेको बताएका छन्।

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन्।

'प्रचण्डको सनकमा जननिर्वाचितको पद खोसियो'

'प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहीँ एमालेतिर उभिँदा पद छोड्नु पर्ने ?, आफूले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ? वाह कमरेड !'

कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ: प्रचण्ड

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए। उनले भने, 'कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।'

आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।

सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

शान्ति प्रक्रिया, संविधान र नेकपा एकतालाई मन नपराएकाले ओलीलाई दलाल बनाए : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई आदेशपालक बनाउन खोजिएको दाबी गरेका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरूलाई निरीह बनाउने खतरा रहेको बताए।

'ओलीलाई विदेशीबाट पोषित एजेन्ट भन्ने प्रचण्डले सरकारलाई दिएको समर्थन किन कायम राखेको ?'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ‘लाजमर्दो राजनीति’ गरेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले केही दिनअघि प्रधानमन्त्री ओलीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी लगाएको आरोपलाई लिएर टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीमा मेरो दाबी छैन : प्रचण्ड

उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने। लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए।

माधवजीहरु गएपछि एमालेमा खैलाबैला भएकाे छ, अब उहाँहरूले सङ्घर्ष गर्नुहुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल गएपछि एमालेमा खैलाबैला भएको बताएका छन्। सिन्धुलीमा बुधबार नेता कार्यकर्ताहरुसँगको भेटघाटमा प्रचण्डले नेपाल पक्षलाई ओलीले बेवास्ता गरेको र अब उनीहरुले एमालेभित्र संघर्ष गर्ने बताए।

माओवादी केन्द्रबाहेक अरु सबै पार्टीमा विदेशी शक्ति छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थितिमा सबैभन्दा सहज आफूले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)लाई रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसहित सबै राजनीतिक दलमा असहज स्थिति रहेको तर आफूहरुको दलमा सहज स्थिति रहेको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्