१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पर्यटनले सप्रिदै ढोरपाटन

काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन्। स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन्।

पशुपतिमा जनैपूर्णिमा (फोटोफिचर)

आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ।

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।

जनैपूर्णिमा मनाइँदै (तस्बिर सहित)

आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ। तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो। जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन्।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

जनैपूर्णिमामा गोसाइँकुण्डको भेटी ३ लाख २२ हजार मात्र

पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याई जिल्ला प्रहरी कार्यालयको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो।

आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ।

जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।

पुरुषको जनैपूर्णिमा, नारीको गौरा

पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्