१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भोजपुरमा नाबालिकाको बलात्कारपछि हत्या,अभियुक्त पक्राउ

भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।

भोजपुरमा रङ्गशाला बन्यो

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ। निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ।

भोजपुरमा मेटलाइफको बिमा सचेतना कार्यक्रम

मेटलाइफले भोजपुर नगरपालिकाको तालिमहलमा ८० भन्दा बढी सहभागीलाई बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ।

भोजपुरमा भेटिए कालाजारका बिरामी

पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन्। यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुई जनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन्। लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी !

उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। खुर्सानी स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ।

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्।

उजाडिंदै भोजपुरको ऐतिहासिक टक्सार बजार

बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ।

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्