बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो। यहाँका मानिसहरू घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रूपमा निर्माण गरिएका घरहरू जीर्ण भएका छन् भने बजारको स्वरूप पनि बिग्रँदै गएको छ। कतिपय घर भत्किन थालेका छन्।
विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन्। यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी धमिलो हुँदै गएको स्थानीय तथा पूर्ववडाध्यक्ष कुमार श्रेष्ठले बताए।
घर अलपत्र छाडेर यहाँका मानिसहरू काठमाडौं, धरान, विराटनगर लगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ। यहाँका करिब ६० प्रतिशत मानिसहरू घर छाडेर बाहिर गएको श्रेष्ठले बताए।
बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।
‘टक्सार बजार देशकै पहिचान बोकेको पुरानो ऐतिहासिक बजार हो, श्रेष्ठले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड भएको छ। कलात्मक शैलीमा निर्माण गरिएका घरहरूसँगै मठमन्दिर भत्किन थालेका छन्। बजार सुनसान बनेको छ। यहाँका करिब ६० प्रतिशत मानिस बाहिर गएको छ।’
विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य छ। तत्कालीन नेपाल सरकारले विसं १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लाहरूमा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डा समेत स्थापना गरिएको थियो। टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको स्थानीय जानकारहरू बताउँछन्।
यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक डोली पैसा राणा शासनमा प्रचलित थियो। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन्।
पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए। टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ। जुन बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो। राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाकाको भनाइ छ।
‘टक्सार बजार देशकै पहिचान बोकेको पुरानो ऐतिहासिक बजार हो, श्रेष्ठले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड भएको छ। कलात्मक शैलीमा निर्माण गरिएका घरहरूसँगै मठमन्दिर भत्किन थालेका छन्। बजार सुनसान बनेको छ। यहाँका करिब ६० प्रतिशत मानिस बाहिर गएको छ।’
उनीहरूका अनुसार अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालिगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए। त्यो समयमा यो बजारमा मानिसहरूको चाप धेरै हुने गरेको थियो। विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान हुँदै गएको हो।
विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो।
टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो। रामप्रसाद राई गाउँपालिकाम पर्ने धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो। तर, त्यो खानी पनि अहिले बन्द भएको छ। दशकौं अघिसम्म सयौंको संख्यामा रहेका यहाँका उद्योगहरू अहिले छ/सातवटामा सीमित भएका छन्।
पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौं मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान पूर्ववडाध्यक्ष र श्रेष्ठको भनाइ छ। यस बजारको भूभाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाहरूले बताउने गरेका छन्।
इतिहास अनुसार सोह्रौं शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ। माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरू पनि खोलिएका थिए।
यी सम्पदाको समयसमयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्। त्यसो त अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको स्थानीयवासी बुद्धराज शाक्यले बताए।
उनका अनुसार बजारका हुने खाने वर्ग अन्यत्र गएपछि बजार दुरावस्थामा पुगेको हो। सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन।
इतिहास अनुसार सोह्रौं शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ। माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरू पनि खोलिएका थिए।
‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ। यहाँ नजिककै टक्सार विमानस्थल समेत छ। टक्सार बजारका धातु उद्योगहरूलाई बिउँताएर यस बजारको मौलिक पहिचान जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरूलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको पूर्ववडाध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ। यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ। अहिले बजारको मागलाई यहाँका उद्योगहरूले धान्न सकिरहेका छैनन्।
बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ। बसाइँ सरेर गएका मानिसहरूले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिंदा बजारका घर मक्किन र भत्किन थालेका छन्।
प्रकाशित: २० श्रावण २०८० ०५:०१ शनिबार