२१ असार २०८१ शुक्रबार
image/svg+xml

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्।

ग्यास सिलिन्डर पड्कँदा चारै जनाको मृत्यु भएको पुष्टि

सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस सिलिण्डर पड्किएर भएको दुर्घटनामा परी स्टोरकिपरसहित चारै जना कामदारको ज्यान गएको पुष्टि भएको छ।

सुत्केरी महिला मृत्यु प्रकरण : प्रदर्शनकारीमाथी अश्रुग्याँस र लाठी चार्ज

उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवन स्थित नमूना अस्पतालमा आगजनी एवं तोडफोड भएपछि भिड नियन्त्रणका लागि प्रहरीले ११ सेल अश्रुग्याँस प्रहार गरेको छ।

टिपर नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस प्रहार, ३ प्रहरी घाइते

मोटरसाइकललाई ठक्कर दिएर १ जनाको मृत्यु भएपछि टिपर नियन्त्रणमा लिने क्रममा हेटौंडा उपमहानगरपालिका १७ गैरीगाउँमा प्रहरीले ९ सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई पक्राउ समेत गरेको छ।

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको छ।

विप्लव माओवादीको कार्यक्रम अश्रु ग्याँस प्रहार, चार पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको कार्यक्रममा हस्तक्षेप गरेको छ। गमगढीको कृष्णाचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूहको सामाना र रारा सांस्कृतिक परिवारले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले कार्यक्रममा एक सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरीको हस्तक्षेप पछि माओवादी कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ। झडप पछि प्रहरीले बिप्लव समूहका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

शिक्षण अस्पताल महाराजगन्जमा मानव अंगबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

जंगल बचाउन ग्याँस चुल्हो वितरण

जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ। तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन्।

त्रिशुलीमा ग्याँस बुलेट पल्टियो, चालकको मृत्यु

धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ।

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार

सरकारले बुधबार सात नम्बर प्रदेशकाे अस्थायी राजधानी धनगढी ताेकेपछि  अान्दाेलित  डाेटेली उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेकाे छ ।

पानी प्रशोधन कारखानामा ग्याँस चुहिँदा  २४ गम्भीर

भारतको उत्तराखण्डमा राज्यमा रहेको पानी प्रशोधन कारखानामा ग्याँस चुहिएर फैलिँदा २४ जना भन्दा बढी श्रमिक गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्