८ वैशाख २०८१ शनिबार

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।

प्राविधिक शिक्षा र प्रविधीमैत्री खेती,नगर विकासका लागि अनिवार्य श्रमदान :बुढीगंगा नगरपालिका

बुढीगंगा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सबै क्षेत्रका सरोकारवाला पक्षलाई बोलाई पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।

साँफे मार्तडी सडकको बल्देमा हप्ता दिनभित्र वैकल्पिक मार्ग

चार वर्षदेखिको स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले स्थानीयलाई मनाउन सकेका थिएनन्। रामबहादुर बाँनीयाको नेतृत्वको टिमले भने वैकल्पिक मार्ग निर्माणमा सहमति जुटाउन सफल भएको छ। स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजिकर नगरपालिकाले गर्ने सहमतिसहितको निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

बुढीगंगाको बजेट: शिक्षा विकासदेखि कृषि उत्पादनमा जोड

प्रत्येक नागरिक शिक्षित नभएसम्म र प्राप्त गरेको शिक्षा पनि बजारमा टिक्न र बिक्न सक्ने योग्यताको नभएसम्म अन्य विकास निर्माणको अर्थ नहुने निष्कर्ष सहित पहिलो शिक्षा र दोस्रो स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। साउन १४ गते बुढीगंगा नगरपालिकाले नगर सभा सञ्चालन गरेको थियो।

दीर्घरोगीलाई नियमित औषधी दिइने

बुढीगंगा नगरपालिकाले पालिकामा बसोबास गर्ने गर्ने विपन्न परिवारका दीर्घरोगीले खाने औषधीको व्यवस्थापन गरिदिने निर्णय गरेको छ।

दिर्घरोगीलाई नियमित खाने औषधि बुढीगंगा पालिकाकै लगानीमा दिने

आफैंले औषधि किनेर खान नसक्ने विपन्न परिवारका दिर्घरोगीको नियमित खाने औषधि पालिकाकै लगानीमा खरिद गरेर दिने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ निर्वाचित भएका छन् ।

बाजुराकाे बुढीगंगामा विवाद हुँदा हवाई फायर

बुढीगंगा नगरपालिका–९ को मतदानकेन्द्रमा सामान्य विवाद भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो।

बाजुराका ८ पालिकामा बजेटको चटारो, बुढीगंगामा चुनावको हतारो

बाजुराका नौ वटा स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षमा गरिने काम र योजनाहरु स्थानीय तह निर्वाचनको दोस्रो कार्यकालको पहिलो बजेटका प्रस्तुत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्