८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

मृतक भक्त रावलको पोष्टमाटम स्थल जिल्ला अस्पतालमा उपस्थित आफन्त।

करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिन नेपाल विद्युत प्राविधिकरण तयार भएको छ। विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

मृतकका आफन्त, प्राविधिकरण, स्थानीय राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी बीचको उपस्थितिमा बैठक बसेको थियो। बैठकले मृतकका परिवारलाई ऐन कानुन अनुसारको क्षतिपूर्ति र परिवारका एक जनालाई करार जागिर दिने सहमति गरिएको हो।

सर्वपक्षीय सहमति अनुसारका सर्त प्राविधिक मान्न तयार भएपनि आफन्तले पोष्टमार्टम गरी दाहसंस्कार गर्न सहमत भएका छन्। भक्त रावलको प्राविधिकरणको ११ केभी लाइनको मर्मतका लागि पोलमा चढेको बेला साउन २६ गते करेन्ट लागेको थियो।

बुढीगंगा नगरपालिका २ को सेरामा फ्युज काटेर सोही वडाको बल्देमा जम्फर छुटाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेकै बेला हाल अलग भएर पोलबाट खसेका रावलको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बीच बाटो मै मृत्यु भएको थियो।

रावल १० जना परिवारको एक्लो साहरा थिए। रावलको मृत्यु पछि बेसाहरा बनेको १० जनाको परिवारलाई राहत पुग्ने गरी एक जनालाई करार कर्मचारी राख्ने सहमित भएको आफन्तले बताएका छन्। जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकमा उक्त सहमति भएको हो।

त्रिवेणी साना जलविद्युत केन्द्रबाट जागिर सुरु गरेका बडीमालिका नगरपालिका ८ का भक्त रावल हाल नेपाल विद्युत प्राविधिक वितरण केन्द्र बाजुरामा कार्यरत थिए। नेपाल विद्युत प्राधिकारणको दुर्घटना क्षेतिपूर्ती विनियमावली २०६७ संशोधनसहित विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त बिनियमावली २०७५ (आठौँ संशोधनसहित) र प्रचलित नियमाअनुसार अस्थायी वा करार कर्मचारीले पाउनुपर्ने क्षतिपूर्ति दिने सहमति गरिएको छ।

प्रकाशित: २८ श्रावण २०७९ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App