कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ।
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ।अन्नपूर्ण गाउँपालिका ७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ।
‘मुख्य अवरुद्ध पन्छाउन समय लाग्छ, सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको छ’ प्रमुख प्रजापतिले भने। पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उनले बताए।