४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्थानीय निर्वाचनः २०७९भरतपुरमा प्रतिस्पर्धा पेचिलो

भरतपुर महानगरमा प्रमुख पदका लागि स्वतन्त्रसहित २७ जना उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन दल, एमाले र कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलबीच हुने देखिन्छ। प्रमुखमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल र एमाले–राप्रापा गठबन्धनबाट विजय सुवेदी उम्मेदवार छन्।

'कास्टिङ' देखाइसकेका छौँ, अब 'फिल्म' देखाउँछौंः रेणु दाहाल

सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालले वितेको पाँच वर्षमा भरतपुरका जनता र प्रतिपक्षलाई ‘कास्टिङ देखाइसकेको बताएकी छिन्।

भरतपुर महानगरपालिकामा विपन्न छात्रालाई साइकल वितरण

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए।

नयाँ भवन बनाउँदै भरतपुर महानगर

महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो।

सात सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ। गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ।

भरतपुरमा उज्यालो सहर अभियान

भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

भरतपुर महानगरपालिकाले ल्यायो चार अर्ब ८१ करोडको बजेट

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

कोरिँदै विकास, फेरिँदै भरतपुर

भरतपुर महानगरपालिका चितवनको सदरमुकाम हो । स्थानीय तहको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर पूर्वाधार विकासमा अब्बल मानिन्छ भने केन्द्रीय नेपालको व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ ।

ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड

भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्