coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'कास्टिङ' देखाइसकेका छौँ, अब 'फिल्म' देखाउँछौंः रेणु दाहाल

सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालले बितेको पाँच वर्षमा भरतपुरका जनता र प्रतिपक्षलाई ‘कास्टिङ' देखाइसकेको बताएकी छिन्।

चितवनको भरतपुरमा भइरहेको चुनावी सभालाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा आफू मेयरमा विजयी भएपछि ‘फिल्म' देखाउने बताइन्। ‘जनता र प्रतिपक्षका अगाडी टाउको झुकाउन नपर्ने गरी काम गरेका छौं। हामी गर्व गर्न सक्छौ’, दाहालले भनिन्।

दाहालले सकेसम्म र आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिश गरेको दाबी गरिन्। उनले पाइपलाइनमा भएका र नयाँ योजनाहरु सम्पन्न गरेर भरतपुरलाई स्मार्ट सिटि बनाउने आफ्नो योजना रहेको सुनाइन्। दाहालले भरतपुरको गुरुयोजना तयार भएको र त्यसको कार्यान्वयनका लागि आफ्नो विजय अपरिहार्य भएको दाबी गरिन्।

उनले प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना समेत गरिन्। ओलीलाई संसद विघटन गर्ने प्रतिगमनको हिमायतीका रुपमा चित्रण गरिन्। सत्तारुढ गठबन्धनले आज (बिहीबार) चितवनको भरतपुरमा चुनावी सभाको आयोजना गरिरहेको छ।

सभालाई सम्बोधन गर्न गठबन्धन दलका शीर्ष नेताहरु भरतपुर पुगेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकाका नेता रामचन्द्र पौडेललगायतका नेताहरु पुगेका छन्।

प्रकाशित: २२ वैशाख २०७९ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App