५ आश्विन २०८१ शनिबार
image/svg+xml

चट्याङ लागेर २ जनाको मृत्यु

चट्यांङ लागेर शुक्रबार माेरङमा २ जनाकाे ज्यान गएकाे छ। जिल्लाको वाराङ्गी–२ तीनकटेरी बस्ने २० वर्षीया कमला राईको आफ्नै घरमा पानीसँगै परेको चट्याङ लागेर शुक्रबार घटनास्थलमै मृत्यु भएको छ।

चट्याङ लागेर १ को मृत्यु, ७ घाइते

जुगु–६ च्यानडाडाँमा मलामी जाने क्रममा मंगलबार चट्याङ पर्दा जुगु–३ डाडाँगाउँ बस्ने २९ वर्षीय मोहनबहादुर कार्कीको मृत्यु भएको छ।

चट्याङ लागेर मलामी गएका युवकको मृत्यु

मंगलबार दिउँसो परेको चट्याङले जिल्लाको जुंगु गाविसमा एक युवकको मृत्यु भएको छ । छिमेकीको दाहसंस्कारका लागि मलामी गएका जुंगु– ३ का मानबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चट्याङ लागेर ३ बालबालिकाको मृत्यु

मोरङको कोशी हरैंचा नगरपालिका —१ स्थित बाघ झोडामा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका ५ जना बालबालिका मध्ये तीन जनाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

म्याग्दीको बेनी नगरपालिका-३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङले एकको मृत्यु, दुई घाईते

चट्याङ लागेर दाङमा एकजनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमबार राती परेको चट्याङले बाघमारे ३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर आमा छोराको मृत्यु

चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ ।

ज्यानमारा चट्याङ

आइतबार अपराह्न मौसम एकाएक बदलियो। दिउँसै रात परेजस्तो। आकाशमा कालो बादल मडारिइरह्यो। टपटप पानी पर्न थाल्यो। हपहपी गर्मी खेपिरहेका पूर्वी नेपालका बासिन्दाले आकाशतिर हेर्दै ‘राहत’ महसुस गरे।

पूर्वमा चट्याङले ४ को मृत्यु, ४ घाइते

बर्षासँगै परेको चट्याङ लागेर पूर्व क्षेत्रमा आइतवार साँझ चारजनाको मृत्यु भएको छ । चटयाङले नै चारजना घाइते भएका छन्। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार सप्तरीको कंचनरुप–४ बस्ने ६० बर्षीय लक्ष्मी मुखियाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ भने उनका नाति अन्दाजी ८ बर्षका देबा मुखिया घाइते छन्।

चट्याङले ९७ भेडा मरे

जिल्लाको अति दुर्गम गुर्जा गाविसको चरन क्षेत्रमा चट्याङ पर्दा १५ लाख बराबर नोक्सानी भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। गत मंगलबार राति माथिल्लो बुकीमा ९७ भेडाबाख्रा चट्याङ लागेर मरेका थिए।

चट्याङले लिन्छ वर्षेनी १०० भन्दा बढीकाे ज्यान

काठमाडौं– नेपालमा चट्याङ लागेर वर्षेनी १ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको तथ्या‌क सार्वजनिक भएको छ। बैशाख १ पछि शुक्रबारसम्म चट्याङ लागेर ६२ जनाको मृत्यु भएको छ भने २०६८ देखि यता बढीको मृत्यु हुँदै आएको देखिन्छ।

चट्याङ लागेर रौतहटमा दुई बालकको मृत्यु, एक महिला घाइते

चट्याङ लागेर बिहीवार साँझ रौतहटमा दुईजनाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छिन्। बिहीवार साँझ साढे सात बजे सदरमुकाम गौरबाट तीस किलोमिटरको दूरीमा पर्ने इनर्वा गाविसमा परेको चट्याङले दुई बालकको मृत्यु भएको हो।

चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

काठमाडौं– प्राकृतिक प्रकोप चट्याङले पुर्याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

भारतमा चट्याङबाट ८० को मृत्यु

नयाँ दिल्ली– भारतमा गत दुई दिनयता भारी वर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्