४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङले छ घाइते

अविरल वर्षासँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन्। गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको जनाएकाे छ।

चट्याङ लागेर २३३ भेडा मरे

चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन्।

चट्याङ लागेर वृद्धाको मृत्यु

ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

बुढीगंगा नगरपालिका १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी २ वर्षिया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताएका छन्।  लाल सार्कीको घरमा परेको चट्याङ्गको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीले बताए।

चट्याङ लागेर बालिकाको मृत्यु

क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अछाममा चट्याङ लागेर एकको ज्यान गयो

अछामको साफेबगर नगरपालिका ११ देबिस्थानमा एक जनाको चट्याङले लागेर सोमबार ज्यान गएको छ। साफेबगर नगरपालिका ११ भिर्कु टोलमा घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाँदै गर्दा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो।

चट्याङ लागेर किशोरीको मृत्यु, एक घाइते

उदयपुरमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर आइतबार दिउँसो घरमै बसिरहेका त्रियुगा नगरपालिका १५ खाँबुकी १३ वर्षीया निर्मला मगरको मृत्यु भएको हो। २९ वर्षीय पूर्णबहादुर मगर घाइते भएका छन्।

तीन दिनसम्म चट्याङसहित भारी वर्षाकाे सम्भावना

मौमस पूर्वानुमान महाशाखाले आज ९शुक्रबार० देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

चट्याङ्बाट दुई जनाको मृत्यु

आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ् परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

च्याउ टिप्न जाँदा चट्याङ लागेर बालकको मृत्यु

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

चट्याङ लागेर दुई जना मृत्यु

मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्