८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गृहमन्त्रीको नजर क्रसर र किसानलाई भुक्तानी नदिने चिनी मिलमा

कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको छ। आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ।

भ्याट छुटकाे रकम कटाएर किसानलार्इ भुक्तानी

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई सरकारद्वारा तोकिएको भन्दा प्रतिक्विन्टलमा ७० रुपैयाँ ६४ पैसा कमले भुक्तानी सुरु गरेको छ । उद्योगले सुरु गरेको भुक्तानी रकमले किसानबीच अन्यौलता बढाएको छ ।

पानी अभावमा किसान चिन्तित

मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको खेतको माटो धानको बीउ हाल्न तयार हुन्छ । ‘रोहिणी’ आयो र सात दिनअघि सकियो पनि, पहाडतिर पानी परेको खबर आयो, यता भने चाहिने जति परेन । यसरी बीउ हाल्ने बेला नै मौसमले यो वर्ष अलिक फरक व्यवहार देखाएपछि झस्किएका किसान ‘मृगसिरा’ नक्षत्रले पनि साथ नदिँदा चिन्तित भएका हुन्।

गरिब र किसानलाई परिचयपत्र

प्रदेश १ को सरकारले गरिब र किसानलाई परिचयपत्रका आधारमा सेवासुविधा दिने निती तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले गरिब र किसानलाई वर्गीकरण गरी परिचयपत्रका आधारमा सेवा सुविधा उपलब्ध गराउने बताए।

बिपन्न किसानलाई नगरपालिकाको ट्याक्टर सहयोग

उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिपन्न तथा गरिव किसानलाई अनुदान छुटमा ट्याक्टर प्रदान गरेको छ।

अर्गानिक आलु उत्पादन गर्दै डडेल्धुराका किसान

डडेल्धुरा गन्यापधुराको उच्च पहाडी भेगमा स्थानयीले अर्गानिक आलु उत्पादन गर्दै आएका छन्। घना जंगलकोबीच भागमा भएको आवादी जमिनमा स्थानीयले आलु उत्पादन गर्दै आएका हुन्।

बजेटको बहानामा उखु किसानको भुक्तानी बन्द

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी बन्द गरेको छ । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले भुक्तानी रोक्नुपरेको भन्दै बुधबार उद्योगले सूचना प्रकाशित गरेको हो।

धानको बीउमा किसानलाई अलमल

गहुँ र ‘रबिहन’ (दाल र तेल हुने बाली)को कटाई सकेर खेत खाली भइसकेका छन् । वैशाख र जेठको घामले सुकेर साह्रो भएको जोतेको माटो यही साता परेको पानीले नरम भएको छ। उही बेला अब धानको बीउ कुन हाल्ने होला भनेर किसान अलमलमा परेका छन्। किसानले अहिले खेतमा लगाउन रोजिरहेका धानको बीउमध्ये ७५ प्रतिशत जति नेपाल सरकारको कृषि मन्त्रालयले सिफारिस नगरेका जातको बीउ हुने गरेको देखिन्छ।

बजेट : किसानले लिएको सबै ऋण मिनाहा !

सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको किसानहरु बताउँछन्।

उखुको भुक्तानी पाउँदै किसान

किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् ।सुनसरी – मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिए।

किसानकाे भुक्तानी नदिएपछि नेपालकै ठूलो चिनी उद्योगमा तालाबन्दी

नेपालकै ठूलो चिनी उद्योगमध्येका एक महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तीन दिनदेखि ताला लागेको छ । उखु खरिदबापतको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो ।

मिल्क होलिडेको डरमा दूध उत्पादक किसान

पशुपालन गरेर दूध उत्पादनमा लागेका किसान दूध बिक्री नहुँदा समस्यामा छन् । नेपाल दूध उत्पादनमा आत्मनिर्भर नभए पनि किसानले उत्पादन गरेको दूध बिक्री नहुने समस्या छ । अहिले बजार नपाएर दूध फाल्नुपर्ने अवस्था आएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले बताउँछन् ।

आलुको मूल्य नपाएपछि किसान चिन्तित

काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्