८ वैशाख २०८१ शनिबार

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, बढ्यो डेङ्गु सङ्क्रमित पनि

मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ।

एकै दिनमा थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित

तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ। करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन।मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।

तनहुँमा ७ सय ३२ जनामा डेङ्गु सङ्क्रमण, एकको मृत्यु

साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो

उनले भने, ‘अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेको छ।’

डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।

बाजुरामा सरुवा रोगको संक्रमण बढ्यो

वर्षायाम सुरु भएसंगै जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढ्न थालेको छ। मौसम परिवर्तनसँगै अस्पतालमा विभिन्न रोगका विरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

नेपालमा सेरोटाइप–२ स्वरुपको डेङ्गु अत्यधिक

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो।

धरानमा डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए।

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिलामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए।

डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानमा जुट्यो महानगर

डेङ्गु रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्