५ मंसिर २०८१ बुधबार
image/svg+xml

भियतनामको बाढी पहिरोमा ६० जनाको मृत्यु

भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ।  भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।

भियतनामकाे बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु

दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । सो बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन ।

बाढीपहिरोबारे अष्ट्रेलियाबासी नेपालीको मर्मस्पर्शी गीत

नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्।

ट्राफिक पहिरो हेर्दै, चालक गाडी कुदाउँदै

बाटो माथीबाट पहिरो खसिरहेको छ। चालक हतार हतार गाडी कुदाउँदै छन्। यात्रुहरु केही समय पायो की जुत्ता चप्पल हात लिएर दैडिरहन्छन् । प्

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै शनिबार बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

पहिरोले पुरिएर १५ भेडासहित एकको मृत्यु

हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।

पहिरोले मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।

फालेलुङको पहिरोले लाखौँको क्षति

फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ।

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

पहिरोले खोटाङका दुई परिवार विस्थापित

वर्षाका कारण पहिरो जान थालेपछि खोटाङमा दुई परिवार विस्थापित भएका छन् । वर्षासँगै घरमुनि र माथिबाट जमिन फाटेर पहिरो जान थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका पिर्थीबोल राई र एलम राईको परिवार विस्थापित भएका हुन् ।

नुवाकोटमा बाढी पहिरोले दश करोडको क्षति

चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ।

फालेलुङमा फेरी पहिरो, ६ परिवार विस्तापित

फालेलुङ गाँउपालिका– ५ मा लुङमादीन भन्ने ठाँउमा पहिरो जाँदा सात परिवार विस्तापित भएका छन् । पछिल्लो दुई दिन परेको पानीसँगै सानो सानो पहिरोजाँदा ६ परिवार विस्तापित भएका हुन ।

सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्