४ मंसिर २०८१ मंगलबार
image/svg+xml

डरैडरमा रात कटाउँछन् रिगावासी

रिगा गाउँपालिका ८ र १० मा फागुन लागेसँगै पहिरोको डर बढ्न थालेको छ। स्थानीयवासी पहिरो झर्ने डरले त्रासैत्रासमा रात बिताउन बाध्य भएका छन्।

जुरेप्रभावितलाई भूकम्पपीडितसरह मात्र राहत !

२०७१ साउन १७ गतेको विनासकारी जुरे पहिरोले तत्कालीन मांखा, राम्चे र टेकानपुरका गाउँ, बस्ती बगाउँदै ११ घण्टा बर्खाको सुनकोसी नदी टम्म थुनेको थियो । घटनामा ज्यान गुमाएका १ सय ४५ को ज्यान गएको थियो ।

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ। यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्। खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ताले जानकारी दिएका छन्।

एकसय घरधुरी ढुंगाको उच्च जोखिममा

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकास्थित रुकुका २ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको ठूलो ढुंगा भएको डाँडा खस्ने खतरा भएपछि त्यहाँका एकसय घरधुरी पहिलोको उच्च जोखिममा परेका हुन्।

मनाङको हिमपहिरोमा हराएका नेदरल्याण्डका भिनसेन्टको शव फेला

मनाङको हिमपहिरोमा हराइरहेका नेदरल्याण्डका भिनसेन्ट ब्लुमको शव फेला परेको छ। हिमपहिरोमा परेका धादिङका अजय ढकालको शव फेला परेपनि भिसेन्ट हराइरहेका थिए। ढकालको शव शुक्रबार साँझ नै फेला पारिएको थिए भने भिनसेन्टको शव आज मात्र फेला पारिएको हो।

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला सडक माथिबाट खसेको पहिरोसंगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।

हुम्ला कर्णाली थुनिएको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चीनको तिब्बत हुँदै बग्ने हुम्ला कर्णाली थुनिएको आशंका गरिएको छ। नाम्खा गाउँपालिकाको मुचु क्षेत्रमा पानीको बहाव घटेपछि तल्लो तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अपिल गरेको छ। मुचु क्षेत्र चीनसँगको सिमाना हिल्सादेखि १४ किलोमिटर दक्षिणमा पर्छ।

सडक निर्माणले सिंगो बस्ती जोखिममा

पहिरोको जोखिममा रहेको बस्तीभन्दा माथिबाट सडक निर्माण थालिएपछि दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले आपत्ति जनाएका छन्। वडा कार्यालयको सिफारिसमा नगरपालिकाले छुट्ट्याएको बजेटबाट साबिकको पाथेका गाविस–७ दम्दीभन्दा माथिबाट भागु–स्वाजुङ सडक निर्माण सुरु गरिएपछि स्थानीयले तत्काल सो सडक निर्माण रोक्न माग गर्दै विरोध जनाएका छन्। दम्दी प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको सूचीमा छ।

कटिङले पहिरोको जोखिम

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ। काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।

धादिङमा पहिरोले पुरिएर दुई बेपत्ता

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४, हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातार हिमपातपछि गएको पहिरोमा परी स्थानीय १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ हराएका हुन्। स्थानीय र प्रहरी मिलेर उनीहरूको खाजी गरिरहेका छन्।

धादिङमा पहिरोले पुरिएर दुई जना बेपत्ता

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातारको हिमपातपछि पहिरो जाँदा आइतबार बिहान सम्पर्क विहिन बनेका हुन्। बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ।

पहिराेले कालीगण्डकी नदी थुनियाे, सावधानी अपनाउन आग्रह

मुस्ताङको घरापजोङ गाउँपालिका-१ मा गएको पहिरोका कारण कालीगण्डकी नदी केहि मात्रामा थुनिन पुगेको छ।

अफगानिस्तानको सुनखानीमा पहिरो जाँदा कम्तीमा ३० को मृत्यु

आइतवार अफगानिस्तानको उत्तरी प्रान्त बदखस्थनस्थित सुनखानीमा गएको पहिरोमा परि ३० जनाकाे मृत्यु भएकाे छ। बदखस्थन प्रान्तका प्रहरी प्रवक्ता सनउअल्ला रोहनीका अनुसार उक्त सुनखानीमा गएकाे पहिरोका कारण उनीहरुकाे मृत्यु भएकाे हाे।

रसुवागढी नाका जोड्ने सडक मंगलबार खुल्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण सोमबार दिनभर अवरुद्ध भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा सुख्खा पहिरो गएपछि सोमबार बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्