पहिरोले घर पुरियो
घर माथिबाट आएको पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडामा एक घर पुरिएको छ।
घर माथिबाट आएको पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडामा एक घर पुरिएको छ।
गत वर्ष पहिरो खसेकै ठाउँमा यस पटक असार २६ गते राति सडकमा पहिरो थुप्रिएको थियो। सडकमा खसेको विशाल ढुंगाको थुप्रो पन्छाउने काम अझै पूरा भएको छैन।
सडकको भित्ता पहिरोको रुपमा खस्दा खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुमडाँडा जोखिममा परेको छ। मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्नेक्रममा फराकिलो बनाउँदा सडकको भित्ता क्रमशः खस्दा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान नजिकै रहेको किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुम पहिरोको जोखिममा परेको हो।
सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।
सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।
पैमाको पहिरो रोकिनुको साटो बढ्दै गएपछि बुढीगंगा र त्रिवेणी नगरपालिका बीचमा रहेको द्वारीमा बुढीगंगा नदी थुनिने खतरा बढेको छ। त्रिवेणीतिर पर्ने पैमाको पहिरो १० वर्षदेखि नरोकिँदा र बुढीगंगातिर पर्ने अम्कोट गाउँको पाखा भत्किने सम्भावना देखिँदा नदी थुनिने खतरा बढ्दै गएको हो। यस्तो अवस्था आए दर्जनौं बस्ती र करोडांैको भौतिक संरचनामा क्षति पुग्ने अनुमान गरिएको छ।
ओखलढुंगाका पहिरोपीडिलाई रेडक्रसले राहत वितरण गरेको छ। २०७२ सालको भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानमा गएको पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। मोलुङ गाउँपालिका–३ साबिक हर्कपुर केराबारीका २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्।
ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो।
भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेसलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। १० दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो।
एक साताअघि गएको पहिरोका कारण सिद्धिचरण लोकर्माग अवरुद्ध छ। उदयपुरको कटारीलगायत तराईका जिल्लाबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट बाहिरिने तथा भित्रिने सवारी पूर्ण रूपमा ठप्प छ। लोकमार्गको कटारी बेतेनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूर्ण रूपले अवरुद्ध भएको हो।
मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।
एक साताअघि वर्षातसँँगै गएको पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।
राजधानी उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो सकडखण्ड कान्ति लोकपथ निर्माणका क्रममा ललितपुरको पहाडी भेग छियाछिया भएको छ। हिउँदमा चौडा पारिएको सडकमा अहिले जताततै पहिरो गइरहेको छ। सडक निर्माणका क्रममा स्थानीयले प्रयोग गर्ने गोरेटो बाटोसमेत पुरिएको छ।
माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखाका विष्णु राईकी पत्नी रेखा, ३ वर्षका छोरा रोमन र ७ महिनाका छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहानको पहिरोमा विष्णु घाइते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट निकालेका थिए।